जनता टाइम्स

५ कार्तिक २०७८, शुक्रबार १७:१६

राजेश कुशवाहामाथि भएको दुर्व्यवहारबिरुद्ध सडकमा उत्रिए इञ्जिनियर, काठमाडौंमा प्रदर्शन


काठमाडौं, कात्तिक ५ । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

बिहीबार सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कार्यालयबाटै कुशवाहालाई नियन्त्रणमा लिएर दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए । जसको विरोधमा शुक्रबार काठमाडौंमा नेपाल इन्जिनियर्स एसोसियसन बागमती प्रदेश र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा सहभागीले पाखुरामा कालो पट्टी बाँधेका थिए भने दोषीमाथि कारबाहीको माग गरेका छन् । काठमाडौंको माइतीघरमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।