जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १३:१९

अतिवृष्टिबाट पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था अध्यक्ष ओलीको माग


काठमाडौं, ६ कार्तिक । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अतिवृष्टिबाट पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । अध्यक्ष ओलीले बेमौसमा आएको वर्षाका कारण ज्यान गएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नु भयो ।

शनिबार पार्टीको वडा अधिवेशनहरुको भर्चुअल रुपमा उद्घाटन गर्दै उहाँले वर्षात्को मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई पनि धन्यवाद दिनु भयो ।अध्यक्ष ओलीले पार्टी भित्र उन्नतस्तरको एकता रहेको दावी समेत गर्नु भयो । उहाँले उन्नत स्तरको समझदारीका साथ देशभरका सबै वडा अधिवेशनहरु सम्पन्न हुने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले अतिवृष्टिका कारण आज हुन नसकेका वडा अधिवेशनहरु छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरुलाई निर्देशन दिनु भयो ।