जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १६:०२

पार्टीको इज्जत लुट्ने समुह मात्रै माधवतिर गएको ओलीको ठोकुवा


काठमाडौं, कात्तिक ६ । एमाले अध्यक्ष केपी ओलीले माधव नेपालसहित नेकपा एसतिर लागेका सवै पार्टीको इज्जत लुटने समुह भएको ठोकुवा गर्नुभएको छ ।

देशभरको वडा अधिवेशन उदघाटनको क्रममा संबोधन गर्दै अध्यक्ष ओलीले माधवसहित पार्टीको इज्जत लुटने, बेइज्यत गर्ने र हुर्मत लिनेहरु बिदा भएपछि पार्टी राम्रो र बलियो भएको बताउनु भयो । अध्यक्ष ओलीले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पार्टीवाट अलग्गिएपछि पार्टी थप शसक्त तथ्य पनि राख्नुभयो ।

‘पार्टीको बेइज्यत गर्नेहरु गइसके अव पार्टी शुद्धिकरण भयो । पार्टीलाई सरकारवाट हटाउने खेल भए । पार्टीमाथि आन्तरिक र वाह्य साँठगाँठ को निष्कर्ष सरकार फेरबदलमा देखियो । अब पार्टी नयाँ ढंगले अघि वढेको छ,’ ओलीको भनाई थियो ।