जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १६:१२

को हुन मोटरसाइकलमा आएर कोसीमा हाम फाल्ने ब्यक्ति ?


सप्तरी, कात्तिक ६ । सप्तकोशी नदीमा हाम फालेर शनिबार एक व्यक्ति बेपत्ता भएका छन् ।

कोशी ब्यारेजमा को ३६ प ९२५५ नम्बरको मोटरसाइकल रोकेर एक ब्यक्ति नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो।

प्रहरीका अनुसार मोटरसाइकलमा आएर नदीमा हामफाल्ने व्यक्ति सुनसरीको तिलक दाहाल रहेको र उनको खोजी भइरहेको छ । उनले किन हाम फाले भन्ने बिषयमा केही खुल्न सकेको छैन ।