जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १६:१६

एमाले खैरहनी ४ को अध्यक्षमा जगतबहादुर रानामगर, माओवादी छाडेर आएका बस्नेत सचिव


चितवन, कार्तिक ६ । नेकपा एमाले खैरहनी ४ को अध्यक्षमा जगतबहादुर रानामगर चयन हुनुभएको छ ।आज सम्पन्न वडा अधिवेशनले अध्यक्षमा रानामगरलाई चयन गरेको हो ।

अधिवेशनले वडा कमिटीको उपाध्यक्षमा कपबहादुर राना, सचिवमा सुरेन्द्र बस्नेत, उपसचिवमा कृष्णबहादुर बस्नेत र प्रमिता खतिवडासहित ३१ सदस्यीय कमिटी गठन गरेको छ । सचिवमा चयन भएका बस्नेत हालै मात्र नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गर्नुभएको हो । उहाँ माओवादी वडा कमिटी सचिव तथा जिल्ला सदस्य हुनुहुन्थ्यो ।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भैरहेका छन् । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको थियो ।