काठमाडौं, कात्तिक ६ । नेकपा एमाले बुढानिलकण्ठ–८ वडा कमिटीको अध्यक्षमा बिनोद थापा सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेसनले थापालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो। अधिवेसनले उपाध्यक्षमा निश्चल अधिकारीलाइ निर्वाचित गरेको छ ।
यसैगरी सचिवमा सबिन अधिकारी उपसचिवमा गोमा मंग्रान्ति र सबिता पौडेललाई निर्वाचित गरेको छ । यसैगरी लक्ष्मी श्रेष्ठ, सानु थापा, मैना पराजुली,कल्पना थापा,कुमार केसी, सन्तोष कुमार अर्याल, अनिल खड्का, बालकृष्ण मानन्धर शैलेश केसी, राजकुमार तामाङ, निराजन कुँवर, राजेश धमला, रजनी बस्नेत, गोपाल डंगोल, बिराज राना, सुदन मंग्रान्ति, पुनम खनाल, ध्रुब केसी, आशिष ढकाल, सोनाम तामाङ रुपा पन्त सोहन तामाङ सदस्यमा निर्वाचित हुनुभएको छ ।
एमाले केन्द्रीय सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा प्रदेश कमिटी सदस्य मिठाराम अधिकारी जिल्ला कमिटी सदस्य तथा क्षत्रीय संयोजक तेज ढकाल, वडा अध्यक्ष सुमन तामाङलगायतको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्