जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार १८:३२

चितवनको इच्छाकामनाको सबै वडामा एमालेले छान्यो सर्वसम्मत नेतृत्व


चितवन, कात्तिक ६ । चितवनको इच्छाकामना गाउँपालिकाको सबै वडामा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । इच्छाकामना गाउँपालिकाका ७ वटै वडामा पार्टीको सर्वसम्मत नेतृत्व चयन गरिएको हो । ५ वटा वडामा वडा अधिवेशन सम्पन्न भएका छन् भने एउटा वडा अधिवेशनका लागि बाँकी छ । यद्यपि नेतृत्वमा भने सर्वसम्मत गरिएको एमालेले जनाएको छ ।

एमाले इच्छाकामना गाउँपालिका अध्यक्ष कृष्ण सिलवालका अनुसार बाँकी रहेको वडा नम्बर १ मा आइतवार अधिवेशन हुने छ । नेतृत्वमा भने सहमति भइसकेको छ । उहाँका अनुसार वडा नम्बर ७ को अध्यक्ष मणिराज गुरुङ्ग र सचिवमा सुमन आले चयन हुनुभएको छ । यस्तै ४ पदाधिकारीसहित ३१ जनाको नयाँ कार्यसमिति बनाइएको छ ।

वडा नम्बर ६ को अध्यक्षमा भुपेन्द्र चेपाङ्ग, सचिवमा बेदकुमार गुरुङ्ग, वडा नम्बर ५ को अध्यक्षमा तोकनारायण श्रेष्ठ, सचिवमा तारा गुरुङ्ग, वडा नम्बर ४ को अध्यक्षमा रुद्रप्रसाद उप्रेती, सचिवमा डोलनाथ त्रिपाठी, वडा नम्बर ३ को अध्यक्षमा कमल ठकुरी, सचिवमा इश्वर पौडेल, वडा नम्बर २ को अध्यक्षमा शंकरबहादुर चेपाङ्ग र सचिवमा दिनेश चेपाङ्ग सर्वसम्मत चयन हुनुभएको छ ।

अधिवेशन हुन बाँकी रहेको वडा नम्बर १ को अध्यक्षमा खेम पुरी र सचिवमा भिम बहादुर चेपाङ्ग सर्वसम्मत हुने अध्यक्ष सिलवालले जानकारी दिनुभयो ।