जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार २१:२२

देउखुरीको राप्तीमा नेकपा एमालेको ८ वटा वडामा सर्वसहमतीले नेतृत्व चयन


दाङ, कार्तिक ६ । नेकपा एमाले दाङको वडा अधिवेशन भव्य रुपले सम्पन्न हुँदै छ । अधिकांश वडाहरुमा सर्वसहमतिले नेतृत्व चयन भएको छ । यसै क्रममा राप्ती गाउँपालिकाका केहि वडामा सर्वसहमतीले नेतृत्व चयन भएको खवर प्राप्त भएको छ । जस अनुसार वडा नम्बर १ मा गेमबहादुर खड्का, २ मा हिमानन्द पाण्डे, ३ मा हेमराज भण्डारी, ४ मा प्रेम केसी, ५ मा जिवराज भट्टराई, ६ मा हरिचन्द्र चौधरी, ७ मा सिताराम चौधरी, ८ मा पुरन चौधरी वडा अध्यक्षमा सर्वसहमतीले चयन भएका छन् । भने वडा नम्बर ९ मा भने कार्यकर्ता जुट्न नसके पछि आइतवारका लागि अधिवेशन तय गरिएको छ ।