जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार २१:३७

दोलखाको जिरी नगरका सबै वडामा एमालेल छान्यो सर्वसम्मत नेतृत्व (सूचीसहित)


दोलखा, कात्तिक ६ । नेकपा एमालेको जिरी नगरपालिकाका सबै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । देशभर भएको वडा अधिवेशनका क्रममा जिरी नगरपालिकाभित्रका ९ वटै वडाका वडा अधिवेशन नेतृत्व चयन गर्दे सम्पन्न भएका हो ।

अधिवेशनबाट जिरी नगरपालिकाका वडा नम्बर १ को अध्यक्षमा करफिन्जो शेर्पा, २ मा सोन्तेम्बा शेर्पा, ३ मा रामबहादुर केसी र ४ मा शिवबहादुर कार्की चयन हुनुभएको छ । यसैगरी वडा नम्बर ५ मा गुञ्ज कुँवर, ६ मा लिलाबहादुर जिरेल, ७ मा लिला जिरेल, ८ मा गम्बु बिक र ९ मा चक्रबहादुर तामाङ हुनुहुन्छ ।

नेकपा एमाले पार्टीको प्रथम विधान महाधिवेशनबाट पारित विधानमा व्यवस्था गरेअनुसार नगरपालिकाका वडाहरुमा ३१ सदस्यीय कमिटी गठन गर्ने प्रावधान रहेको छ । सोही अनुसार सवै वडा कमिटी चयन भएका हुन ।