जनता टाइम्स

६ कार्तिक २०७८, शनिबार २२:०९

एमाले म्याग्दीको बेनी नगरपालिकाका १० वटै वडाहरुको नेतृत्व चयन


म्याग्दी, कात्तिक ६। नेकपा एमाले म्याग्दीको बेनी नगरपालिकाको सबै वडामा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट बेनी नगरपालिका वडा नं १ को वडा कमिटि अध्यक्षमा टेक बहादुर थापा, उपाध्यक्षमा गणेश बोगटी, सचिवमा तारा प्रसाद थापा, उपसचिवमा श्याम रोका र सम्झना छन्त्याल सहति ३१ सदस्यीय वडा कमिटि चयन भएको छ ।

वडा नं २ मा डिल बहादुर घिमिरेको अध्यक्षतामा उपाध्यक्ष हरि नारायण जिसी, सचिवमा भिम बहादुर रिजाल, उपसचिवमा भगबती सार्की र डिल बहादुर रिजाल सहित २७ सदस्यीय वडा कमिटि गठन गरिएको छ ।

वडा नं ३ मा गेम बहादुर घर्तिको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा मन कुमारी पुन, सचिवमा गिरी प्रसाद श्रीस, उपसचिवमा चन्द्रा पुन र डेक बहादुर पुन चयन हुनुभएको छ ।

त्यस्तै वडा नं ४ मा गोबिन्द पौडेल अध्यक्ष, ईश्वर सिंह खत्री उपाध्यक्ष, जगनाथ आचार्य सचिव, गीताब कार्की र धनराज सुनार उपसचिव रहेको २५ सदस्यीय वडा कमिटि गठन भएको छ । वडा नं ५ मा दिनेश कार्कीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा बिशाल बानीयाँ, सचिवमा चन्द्र बहादुर बानीयाँ, उपसचिवमा दुर्गा पौडेल र बिनोद परियार चयन हुनुभएको छ ।

त्यस्तै वडा नं ६ को अध्यक्षमा गणेश बहादुर बानीयाँ चयन हुनुभएको छ । ३१ सदस्यीय कमिटिको उपाध्यक्षमा दिपक हमाल, सचिवमा बल बहादुर बानीयाँ, सहसचिवमा यकिन्द्र बहादुर कटुवाल र तेज कुमारी बानीयाँ चयन हुनुभएको छ ।

वडा नं ७ मा रमेश फगामीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा डम्बर बानीयाँ, सचिवमा सुन्दर केसी, उपसचिवमा शर्मिला किसान र प्रेम घिमिरे चयन हुनभएको छ ।

वडा नं ८ मा ठाकुर प्रसाद शर्माको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा कोषानन्द आचार्य, सचिवमा याम बहादुर बानीयाँ, उपसचिवमा सुमन पौडेल र चन्द्र प्रकाश बराईली चयन हुनभएको छ ।

वडा नं ९ मा बाबुराम चोखालको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा चिरञ्जीवि सुबेदी, सचिवमा सविस चोखाल, उपसचिवमा लोक बहादु खत्री र रुपेश नेपाली चयन हुनुभएको छ ।

त्यस्तै बेनी नगरपालिका १० मा कृष्ण बहादुर मल्लको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा अशोक कुमार रोका, सचिवमा गोकुल शर्मा, उपसचिवमा तिलक थापा र अजय रसाईली चयन हनुभएको छ । बेनी नगरपालिकाको सबै वडाहरुमा सर्वसम्मत रुपमा अधिवेशन सम्पन्न भएको छ । जिल्लाको २५ वटा वडामा वडा कमिटि गठन भएको एमाले म्याग्दीले जनाएको छ । बाँकी रहेका वडाहरुमा कार्तिक ७ र ८ गते अधिवेशन सम्पन्न गरिने जनाइएको छ ।