जनता टाइम्स

७ कार्तिक २०७८, आईतवार १२:४०

यी हुन् लिखु तामाकोसी गाउँपालिका–३ हाँक्ने खड्का नेतृत्वको एमाले टीम


काठमाडौं, कात्तिक ७ । नेकपा (एमाले) लिखु तामाकोसी गाउँपालिका–३ रामेछापको अध्यक्षमा राजकुमार खढ्का चयन हुनुभएको छ । शनिबार सम्पन्न वडा अधिवेशनले खड्कालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । हिजो सम्पन्न भएको वडा अधिवेशनले खड्कालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको लिखु तामाकोशी गाउँपालिका–३ का वडा अध्यक्ष यम बहादुर महतले जानकारी दिनुभयो ।

अध्यक्ष महतले वडा अधिवेशनमा सर्बसम्मत ढंगले नेतृत्व चयन भएपछि पार्टीमा थप नयाँ उर्जा थपिएको बताउनुभयो । अधिवेशनबाट निर्वाचित भएर आउनुभएको सम्पूर्णले पार्टी र जनताको हितार्थ काम गर्ने भन्दै उहाँले अब लिखु तामाकोशी–३ मा सशक्त ढंगले नेकपा एमालेले नयाँ गति लिने विश्वास व्यक्त गर्नुभयो ।

अधिवेशनले अध्यक्षमा खड्का, उपाध्यक्ष तेजबहादुर तामाङ, सचिव सत्रृगण खड्का, सह–सचिव श्यामकुमारी खड्का, सह–सचिव दिपक तामाङलगायत ३१ सदस्यीय कमिटी गठन गरेको हो । नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य उद्दव कडेरियाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा लिखु तामाकोशी गाउँपालिका–३ का डेढ सय बढी एमाले नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।