जनता टाइम्स

७ कार्तिक २०७८, आईतवार १३:३०

नेकपा एमाले मन्थली नगरपालिका–३ को अध्यक्षमा थापा


काठमाडौं, कात्तिक ७ । नेकपा एमाले रामेछाप मन्थली नगरपालिका–३ कठजोरको वडा अधिवेशनबाट अध्यक्षमा कृष्ण गोपाल थापा चयन हुनुभएको छ ।

अधिवेशन नेकपा रामेछापका युवा नेता उज्ज्वल सुबेदीको आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्ष सर्वसहमत रमेश बरुवाल, सचिव राजकुमार खत्री, सह–सचिव द्वोय मनोज थापा र बालबहादुर रोकाको नेतृत्वमा ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।