काठमाडौं, कात्तिक ७ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका केन्द्रीय आयोगका सदस्य हिराबहादुर केसीले आफू एमालेमै रहेको घोषणा गर्नुभएको छ । एमाले मुख्यालय थापाथली पुगेर संबिधानसभा सदस्यसमेत रहनुभएका प्यूठानका नेता केसीले आफू बिभाजनकारी नेतालाई साथ दिन नसक्ने भन्दै एमालेमै रहेको घोषणा गर्नुभएको हो ।
केसी २०७० सालको संबिधानसभामा प्यूठानबाट संबिधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । एमालेप्रति आफ्ना लगाव कहिल्यै नघटेको भन्दै केसीले आज एमाले केन्द्रीय कार्यालयमा पुगेर महासचिव इश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, मणिचन्द्र थापा, बिष्णु रिमाल र केन्द्रीय सदस्य सूर्य थापालाई साँक्षी राखेर आफू एमालेमै रहेको घोषणासहित बिज्ञप्ती जारी गर्नुभएको छ । बिज्ञप्तीमा केसीले बिभाजनकारी समुहमा नलाग्न सवैलाई अपिल गर्नुभएको छ ।

पार्टी बिभाजन गरी बनेको गुटको कथित केन्द्रीय अनुशासन आयोगको सदस्यमा राखेको भनी अन्तरपार्टी निर्देशन जारी भएको सुन्दा आश्चर्य लागेको छ, म नेपाली जनताको प्रिय पार्टी बिभाजनको पक्षमा छैन, थिईंन, म एमालेमै रहेको छु,’ केसीले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ । केसी पनि एमालेमै रहेको घोषणा गरेपछि प्यूठानमा माधव नेपालको नेकपा एकीकृत समाजवादी लगभग सकिएको छ ।














प्रतिक्रिया दिनुहोस्