जनकपुरधाम, ७ कात्तिक । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाउनुभएको छ । प्रेस युनियन धनुषाले आइतबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस पूर्वउपभापति समेत रहेका नेता सिंहले पदाधिकारीहरूले महाधिवेशन प्रति उदासिन रहेकोले विगतमा पटकपटक महाधिवेशनको मिति सारिएको बताउनुभयो ।
तोकिएको मितिमै महाधिवेशन हुनुपर्ने बताउदै उहाँले भन्नुभयो, ‘क्रियाशील सदस्यको विवाद रहेका दुई जिल्लाको वडाको समस्या समाधान गरी महाधिवेशन तोकिएकै समय हुनुपर्नै हरेक कांग्रेसजनको चाहना हो ।’ १४औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताउँदै उहाँले सभापतिमा आफूहरूले उम्मेदवारी दिने पक्का रहेको बताउनुभयो ।
सर्वसहमत रूपमा आफू सभापतिको उम्मेदवारको लागि नेताहरूसँग निरन्तर छलफल गरिरहेको सुनाउनुभयो । पार्टीलाई गतिशिल बनाएर देशलाई आर्थिक क्रान्तिको बाटोमा डोहोर्याउन सफल र सक्षम नेतृत्वको खाँचो रहेको उहाँले औँल्याउनुभयो । कांग्रेस नेतृत्वमा बनेको वर्तमान सरकारले ८८ दिनपछि पूर्णता पाएको बताउँदै उहाँले सरकारले कोरोना नियन्त्रण, बाढीपहिरो पीडितलाई राहत दिन सरकार गम्भीर रहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्