सुर्खेत, कार्तिक ८ । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाका कार्यपालिका सदस्य धर्मराज ताम्राकारले नेकपा माओवादीका कार्यकर्ताले आफूलाई अपहरण शैलीमा जर्वजस्ती पार्टी प्रवेश गरेको घोषणा गराएको बताउनुभएको छ । अहिले एमाले जिल्ला कार्यालय कालिकोटमा रहेका ताम्राकारले आफू पहिलेदेखि नै नेकपा एमालेको जिम्मेवार कार्यकर्ता रहेको र एमालेमै रहेको बताउनुभएको छ
। ताम्राकारले भन्नुभयो – मलाई कात्तिक ६ गते मलाई मुख्यमन्त्री कार्यालयको गाडीमा हालेर जर्वजस्ती सिद्धार्थ होटलमा पुर्याइयो । त्यहाँ शक्ति बस्नेत लगायतका सँग भेट हुनुपूर्व नै ऐनबहादुर शाही लगायतले खादा र माला लगाइदिएर पार्टी प्रवेश गरेको भन्दै सामाजिक सञ्जालमा मेरो चरित्र हत्या गरेका छन्,’ , ‘म पार्टी प्रवेशको कुरा हुने वित्तिकै मुख्यमन्त्री कार्यालयबाट फुत्किने सोचमा थिएँ ।
मुख्यमन्त्री कार्यालयमा कसरी भाग्नु ?’ उहाँले अपहरणकारी, जर्वजस्ती गर्नेहरुको दलमा जाने कुने सोच नै नभएको बताउनुभयो । ‘पार्टी प्रवेश गर्ने भन्ने कुरा मानवीय स्वतन्त्रताको कुरा हो तर सुर्खेत आएको समयमा गृहजिल्लाका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटन जाँदै गर्दा मलाई जुन शैली देखाउँदै पार्टी प्रवेशको नाटक गरियो, त्यो खेद जनक छ,’ उहाँले भन्नुभयो ‘अपहरणकै शैलीमा गाडीमा हालेर लैजानु र पार्टी प्रवेश गरेको नाटक गर्नु गलत राजनीतिक संस्कार हो ।’













प्रतिक्रिया दिनुहोस्