जनता टाइम्स

८ कार्तिक २०७८, सोमबार २२:४१

परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजिनामा दिनुपर्छ : महेश बस्नेत



भक्तपुर, ८ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले न्यायालय क्षेत्रका अत्यन्तै विवादित प्रधानन्यायाधिस चोलेन्द्र शमसेर जवराले मात्र नभई जनादेशको विपरित परमादेश जारी गर्ने संवैधानिक इजलासका पाँचै जना न्यायाधिसको राजिनामा माग गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) चाँगुनारायण नगर संगठन कमिटी(६ वडा नगरकोटको ऐतिहासिक प्रथम वडा अधिवेशन कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान प्रतिनिधिसभाले मुलुकलाई निकास नदिने भएकाले तत्तकाल ताजा जनादेशमा जानुपर्ने निर्णय गर्दै प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति समेत तोकिसकिएको अवस्थामा सर्वोच्च अदालतका पाँच जना न्यायाधिस रहेको संवैधानिक इजालसले संसद विघटनलाई बदर गरी जनादेशबाट बनेको एमालेको सरकारलाई हटाई परमादेशको शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्ने आदेश दिने सम्पूर्ण न्यायाधिसले तत्तकाल राजिनामा दिनुपर्ने बताउनुभएको छ ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकिकृत समाजवादी पार्टी तथा जनमोर्चासहितको पाँच दलीय गठबन्धनले प्रधानन्यायाधिसलाई समेत मन्त्री, राजदुत लगतयका अन्या राजनीतिक नियुक्तिमा भाग दिन्छु भनि लोभमा पारी आफ्नो पक्षमा मुद्धा फैसला गर्न लगाउने तथा एमाले नेतृत्वको सरकार ढाल्न लगाएको आरोप उहाँले लगाउनुभयो । उक्त कुरा गठबन्धन तथा सर्वोच्च अदालतको पछिल्लो समयका गतिविधिहरुबाट प्रष्ट भएको उल्लेख गर्दै नेता बस्नेतले उक्त सेटिङको बारेमा छताछुल्ल भएपछि पहिले गठबन्धनलाई समर्थन गर्ने एमालेलाई विरोध गर्ने पत्रकार, पूर्वप्रधानन्यायाधिस, नागरिक समाज, वृद्धिजीविलगायतले नै अहिले प्रधानन्यायाधिसको राजिनामा माग्न थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधिसमात्र हैन, स्वतन्त्र न्यायालयलाई सेटिङबाट जनादेशको भावना विपरित परमादेश जारी गर्ने संवैधानिक इजलासमा बसेर हाम्रो पार्टी विरुद्ध षड्यन्त्र गर्ने सवै न्यायाधिसहरुले राजिनामा दिनुपर्छ । कागले मयुर भनि जंगलमा राज गर्न खोजे पनि सवैले काग मयुर हैन भनि थाहा पाएपछि त्यपछि कागको हालत देखिन्छ । त्यसै गरी सर्वोच्च अदालतको शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गर्ने फैसला प्रधानन्यायाधिसको जेठानलाई मन्त्री बनाएपछि र संविधान दिवशको दिन राज्यबाट दिने मान पदावीबाट सम्मान एमाले विरुद्धका न्यायाधिस, वकिल, पत्रकार, माधवका बुवा, प्रचण्डको श्रीमती, दिल्लीमा बसेर एमाले फुटाउन झलनाथलाई दिनएपछि के पुष्टि भयो भने वास्तबमा सर्वोच्च अदालतको सेटिङ मयुरको प्वाँख टाँसेर हिडेको कागको चाल रहेछ भन्ने बुझियो । प्रधानन्यायाधिसको राजिनामा हिजो एमाले विरुद्ध लेख्ने पत्रकारहरुले माग्न थाले । पूर्वप्रधानन्यायाधिसहरु, नागरिक समाज, बुद्धिजीवि, नेपाल बार एशोसिएशनलगायतले माग्न थाले । त्यही भएर एमालेमा गोलवन्द हुने सम्पूर्ण नेता तथा कार्यकर्ताहरु ठिक ठाउँमा रहेछौं भन्ने पुष्टि भयो ।’

वडा अधिवेशनले पार्टीभित्र मजवुद एकताको सन्देश गएको उल्लेख गर्दै नेता बस्नेतले कांग्रेसको काम नै अनेक हर्कतहरु गरी अनावश्यक प्रचार गरी जनामा भ्रम छर्नेमात्र काम मात्र गरिरहेको दावी गर्नुभयो । वाम्पन्थी भएता पनि नेमकिपामा विरोध र आलोचनामात्र गर्ने बानिको विकास भएको भन्दै गुनासो व्यक्त गर्दै नेता बस्नेतले आधुनिक युगलाई वैचारिक तथा सैद्धान्तिक ढंगले नेतृत्व गर्ने पार्टी एमालेमात्र रहेको स्पष्ट पार्नुभयो ।

भ्रष्टचारी, दलाली, तस्करी, अवसरवादी, साम्राज्यवादी लगायतका व्यक्ति तथा समूहहरु एमालेको वर्गसत्रु रहेको र त्यसलाई परास्त गर्न सक्ने पार्टी एमालेमात्र रहेको उल्लेख गर्दै नेता बस्नेतले भन्नुभयो, ‘नेपालको राजनीति दुई ध्रुवमा अगाडी बढेको जसमा एउटा प्रजातान्त्रीक पार्टी रहेको जसले आफ्नो स्वार्थ पुरा गर्ने पार्टी कांग्रेस रहेको जसलार्ई अन्तर्राष्ट्रिय शक्ति तथा राजदुतावसहरुले सहयोग गर्ने र सोहीको निर्देशनमा हिड्ने गरेको तथा नीतिगत ढंगले भ्रष्टाचारमा चुर्लुम्म डुवेको छ । यसको हिसावकिताव जनताले आगामी निर्वाचनमा गर्नुहुनेछ ।’

एमाले चाँगुनारायण नगर संगठन ६ नं. वडा कमिटीको ऎतिहासिक प्रथम अधिबेशनबाट अध्यक्षमा सुरज बास्तोला, उपाध्यक्षमा राजकुमार लामिछाने (फेदी), सचिवमा बिजय लामा, उपसचिवमा घले तामाङ्ग, उपसचिवमा सुजनी तामाङ्ग लगायतका नेतृत्वहरु सर्वसम्मत ढंगले वडा कमिटी चयन हुनुभएको छ ।