दुई ढाई बर्षमै धरहरा ठडयाउन पाइन्छ ?
चुच्चे नक्शा जारी गरी देशको सीमाना बढाउन पाइन्छ ?
रानिपोखरी किन बनाउनु पर्ने ?
नागढ़ूंगा सुरुंग किन खनाउनु पर्ने ?
खाडिको पेट्रोल हुँदा हुँदै दैलेखमा खन्ने ?
धौबादीमा मजाले बसेको फलाम निकाल्छु भन्ने ?
हामीले यस्ता प्रश्नको जवाफ काफी माग्नुपर्छ
त्यसबापत केपी ओलीले माफी माग्नुपर्छ
मेलम्ची खानेपानी आयोजना पूरा किन गर्या ?
समृद्द नेपाल सुखी नेपालीको कुरा किन गर्या ?
जान्ने भएर सामाजिक सुरक्षा भत्ता बढाउनु पर्ने ?
दुःखी गरीबका छोराछोरीलाई निःशुल्क पढाउनु पर्ने ?
देशभरका पालिकामा अस्पताल खोल्नु पर्ने ?
स्वरोजगार र गरीबी न्यूनीकरणको बिषयमा बोल्नुपर्ने ?

हामीले यस्ता प्रश्नको जवाफ काफी माग्नुपर्छ
त्यसबापत के पी ओलीले माफी माग्नुपर्छ
किन भैरहवा र पोखरामा अन्तराष्ट्रीय बिमानस्थल निर्माण सम्पन्न गरेको ?
किन प्रमाणपत्र धितो राखेर ऋण दिनु परेको ?
किन भूकम्प पीड़ितका लाखौं घर बनाएको ?
किन बिप्लव र राउतलाई युद्ध नगर्न मनाएको ?
किन पुलपुलेसा,बाटा घाटा र ढल बनाएको ?
किन लुम्बिनी र गोदावरीमा ठुल ठूला सभा हल बनाएको ?
हामीले यस्ता प्रश्नको जवाफ काफी माग्नुपर्छ
त्यसबापत केपी ओलीले माफी माग्नुपर्छ
न श्रीमतीलाई पदक दिन मान्याछ
न जेठानलाई मन्त्री छान्याछ
न सुकूम्बासीलाई गोली हान्याछ
न कालो धन सेतो बनाऊन जान्याछ
खाली कोरोना खोप ल्याको छ मान्छेको कुम घोच्याछ
औषधी खाने समय बिर्सेर साथीहरुको अपमा~न नहोस भन्ने सोच्याछ
त्यो ओली सरकार ! जनता बाहेक दलाल, मिडिया, माफिया, तस्कर, अवसरबादी, घूसखोरी सबैको नजरमा चुकेको छ
हेरिस्यो त श्रीमान ! हजुरको परमादेशले आज हजूरकै अनुहारमा थूकेको छ
(यो कविता सामाजिक सञ्जालबाट लिइएको हो )












प्रतिक्रिया दिनुहोस्