काठमाडौं, कात्तिक ९ । एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र हुर्मत लिने काममा प्रधानन्यायाधीश एक्लै नभई परमादेश जारी गर्ने पाँचै जना न्यायाधीश रहेको भन्दै मार्ग प्रशस्त पाँचै जनाले गर्नुपर्ने बताउनु भएको छ । नेकपा एमालेको देशभरका पालिका अधिवेशनको उदघाटनपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
‘परमादेश एक्लैले जारी गरेको होइन, पाँच जनाले सर्वसम्मत रुपमा जारी गर्नुभएको हो, अहिले एक्लैले किन ? पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र ?,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘ सर्वसम्मतीको तपाईहरुको निर्णयको यस्तो सुगन्द दुर्गन्ध के फैलिएको छ म भन्न चाहन्न । यस हिसावले अदालतको मान मर्दन तपाईहरुले गरिरहनु भएको छ । एक्लैले होइन, सवैले मिलेर ।’
उहाँले इजलाश गठनदेखि नै अदालतको हुर्मत लिने काम गरेर न्यायालयमाथि नै गम्भीर प्रश्न उठाउने काम भएको फेहरिस्त पनि सुनाउनु भयो । ‘बारले इजलाश गठन गर्ने, अधिबक्तालेइजलाश गठन गर्ने खालका जस्ता अभ्याशहरु भए । म कानून ब्यवसायी होइन, कानून ब्यवसायी नभएको हुनाले बुझिन होला, कानून ब्यवसायीले त बुझ्नु पर्ने ? २४ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गनृ राष्ट्रपतिलाई परमादेश जारी गर्ने काम भयो । मेरो चिन्ता कस्ले जित्यो, कस्ले हार्यो भन्ने होइन, मेरो चन्त लोतकन्त्रले जित्नुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्