जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार १६:१७

एमालेमै फर्किए नेकपा एसका केन्द्रीय सल्लाहकार ढकाल


रुपन्देही, कात्तिक ९ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहकार नन्दी केशर ढकाल नेकपा एमालेमै फर्किनु भएको छ । रुपन्देहीको बुटवलमा आयोजित नगर अधिवेशन कार्यक्रममा ढकाल मूल पार्टीमै फर्किनु भएको हो ।

एमाले उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलसँगको छलफल पछि ढकाल एमालेमा फर्किनुभएको हो । ढकाललाई नेकपा एसले सल्लाहकार बनाएको थियो । एमालेका फर्केका ढकाल अहिले बुटवलको एमाले अधिवेशन कार्यक्रममा सहभागि हुनुभएको छ ।