जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार १८:०१

रोल्पाको सुनिलस्मृति गाउँपालिकामा एमालेले पायो महिला नेतृत्व, तारा सेन अध्यक्ष चयन


रोल्पा, कात्तिक ९ । नेकपा एमाले रोल्पाको सुनिलस्मृति गाउँपालिका अध्यक्षमा तारा सेन सर्वसम्मत चयन हुनुभएको छ । आज भएको प्रथम अधिवेशनबाट महिला नेतृ सेन सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनुभएको हो ।

सेन अनेमसंघकी केन्द्रीय सदस्य र एमालेको रोल्पा जिल्ला कमिटी सदस्य हुनुहुन्छ । पहिलो बैठकबाट सेनको नेतृत्वमा १८ सदस्य मनोनीत गर्ने निर्णय समेत भएको छ ।

त्यस्तै उपाध्यक्षमा शशिराम कुबर, सचिवमा दिनेश थापा र दुई उपसचिवमा पुस्कर थापा र रविना घर्ती चयन हुनुभएका छ । ७३ जनाको पालिका कमिटी बनाउनुपर्ने भए पनि पछि थप गर्ने गरी हाललाई ५३ जनाको कमिटी बनाइएको छ ।