जनता टाइम्स

९ कार्तिक २०७८, मंगलबार १८:१५

केपी ओलीको गृहनगर दमकमा पोखरेल बने एमाले अध्यक्ष


झापा, कात्तिक ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा गेहनाथ पोखरेल अध्यक्ष चयन हुनुभएको छ । आज सम्पन्न दमन नगरकमिटीको पहिलो अधिवेशनले भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा मेदनी खरेल, सचिवमा ईन्द्र गुरुङलाई सर्वसम्मत चयन गरेको छ । विधानबमोजिम गाउँ/नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ।