जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार १८:४३

चितवनको खैरहनीमा एमालेको अध्यक्ष बने डल्लाकोटी


चितवन, कात्तिक ९ । नेकपा एमाले खैरहनीको नगर कमिटीको अध्यक्षमा पुर्णबहादुर डल्लाकोटी चयन हुनुभएको छ । आज सम्पन्न प्रथम अधिवेशनले डल्लाकोटीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा छत्रनाथ सुवेदी, सचिबमा गोपाल परियार चयन गरेको छ । दुई उपसचिव भने पछि बैठकबाट टुंग्याउने निर्णयसहित डल्लाकोटीको नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

अधिवेशनले भने ५७ सदस्यीय नगर कमिटी गठन गरिएको र २ जना उपसचिब सहित बाकी सदस्य बैठकबाट टुंगो लगाउने निर्णय भएको एमाले नेता कमलराज पाठकले जानकारी दिनुभयो ।