रामेछाप, कात्तिक ९ । नेकपा एमाले सुनापति गाउँकमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले ज्ञान कुमार योञ्जनलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । योञ्जन यसअघि पनि एमाले सुनापतिको अध्यक्ष हुनुहुन्थ्यो ।
त्यसैगरी पदाधिकारीमा भने नयाँ अनुहार चयन हुनुभएको छ । अधिवेशनले उपाध्यक्षमा अम्बरध्वज लामा, सचिव रोज ग्याबक, उप–सचिवद्धय केशर लामा र आनन्द ग्याबलाई चयन गरेको हो । त्यस्तै अधिवेशनले ७५ सदस्यीय गाउँ कमिटी सदस्यसमेत चयन गरेको छ ।













प्रतिक्रिया दिनुहोस्