जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार २१:३७

प्यूठानको मल्लरानीमा शुनिल शाही एमाले अध्यक्ष


प्यूठान, ९ कार्तिक । नेकपा एमाले प्यूठानका सवै पालिकामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको छ । देशभर आज एकैसाथ भएको पालिका अधिवेशनमा प्यूठानका सवै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन हुन लागेको नेकपा एमाले प्यूठानले जनाएको छ। नेकपा एमाले मल्लरानी गाउँकमिटी सर्वसम्मत रुपमा चयन भएको छ ।

शुनिल शाही लेकालीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन भएको हो। जसको उपाध्यक्ष याम बहादुर खत्री, सचिव नोमराज पौडेल, उप सचिव किरण सुनार, उप सचिव (समावेशी) सिता विक लगायत सदस्य चयन हुनुभएको छ । जिल्लाभर एकैसाथ भएको अधिवेशन उद्घाटनका लागि नेताहरुलाइ भ्याइनभ्याइ भएको थियो । एकैदिन धेरै पालिकामा पुग्नुपर्ने भएकाले नेताहरुलाइ भ्याइनभ्याइ भएको थियो ।प्यूठान नगरपालिका, झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकामा स्थायी कमिटी सदस्य मणीचन्द्र थापाले प्रमुख अतिथीको रुपमा सम्वोधन गर्नुभएको थियो ।

सरुमारानी गाउँपालिका र माण्डवी गाउँपालिकामा एमाले केन्द्रीय सदस्य सुर्य थापाले प्रमुख अतिथीको रुपमा सम्वोधन गर्नुभएको थियो। मल्लरानी गाउँपालिका, नौबहिनी गाउँपालिकामा लुम्विनी प्रदेश कमिटीका सचिवालय सदस्य हरिप्रसाद रिजालले सम्वोधन गर्नुभएको थियो। ऐरावती गाउँपालिकामा एमाले जिल्ला कमिटी अध्यक्ष तुल्सीराम शर्मा र स्वर्गद्धारी नगरपालिकामा लुम्वेनी प्रदेश सदस्य विजयविराज विष्टले प्रमुख अतिथीको रुपमा अधिवेशन उद्घाटन सत्रमा सम्वोधन गर्नुभएको थियो ।