सिन्धुली, ९ कार्तिक । एमाले पालिका अधिवेशन अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका अध्यक्षमा अशोक गिरी सर्वसम्मत चयन हुनुभएको छ ।
गोलन्जोर गाउँपालिकामा रेगनराज थापाको अध्यक्षतामा ६७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको जिल्ला अध्यक्ष एवं वाग्मती प्रदेश स्वास्थ्यमन्त्री प्रदीप कटुवालले जानकारी दिनुभयो । दुइटा गाउँपालिकामा नतिजा आएको र बुधबारसम्ममा बाँकी ७ वटा पालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने कसरत भइरहेको अध्यक्ष कटुवालले बताउनुभयो ।
७९ वटा वडामा वडाअधिवेशन सम्पन्न गरी पालिकाहरुका लागि चुनिएर आएका करिब एक हजार दुई सय प्रतिनिधिले सर्वसम्मत नेतृत्व चयन गर्ने एमालेले जनाएको छ । कमलामाइ नगरपालिका, दुधौली नगरपालिका, फिक्कल, घ्याङलेख, मरिण, हरिहरपुगढी र तीनपाटन गाउँपालिकामा नेतृत्वमा पुग्नका लागि प्रतिनिधिहरुबीच रसाकस्सी भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्