ओखलढुंगा, कात्तिक १० । नेकपा एमाले को पालिका अधिवेशनमा ओखलढुंगामा पाँच तहमा नेतृत्व चयन भएको छ । आठमध्ये तीन तहमा भने बन्द सत्र चलिरहेको एमालेले जनाएको छ । ओखलढुंगामा एक नगरपालिकासहित आठ स्थानीय तह छन् ।
पाँच तहका कमिटी सर्वसम्मत चयन गरिएको एमालेका जिल्ला सचिव शंकर कटवालले जनाकारी दिनुभयो । सदरमुकामसमेत रहेको सिद्धिरचण नगरपालिकामा अध्यक्ष मोहन केशी र सचिव कृष्ण कार्की चयन हुनुभएको छ । यस्तै चिशंखुगढीमा अध्यक्ष जीवन थापा र सचिव मानबहादुर बस्नेत, खिजीदेम्वामा अध्यक्ष कोपबहादुर सुनुवार र सचिव तिलक बहादुर सुनुवार चयन हुनुभएको छ ।
मानेभञ्ज्याङ्ग गाउँपालिकामा अध्यक्ष चित्रकुमार तामाङ र सचिव उमेश कार्की, चम्पादेवीमा अध्यक्ष खेम मिश्र र सचिवमा नरहरी खड्का चयन हुनुभएको छ ।
मोलुङ, सुनकोसी र लिखुमा नेतृत्व चयन भइसकेको छैन । मोलुङमा दुई प्यानलले उम्मेदवारी दर्ता गरेपछि सहमतिका लागि स्थगित गरिएको छ भने सुनकोसी र लिखुमा बन्द सत्र चलिरहेको एमालेले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्