शोभाखर पन्थी/अर्घाखाँची ।नेकपा एमालेले अर्घाखाँची जिल्लाका सबै पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । मंगलवार सम्पन्न प्रथम अधिवेशनले जिल्लाका ६ वटै पालिकामा सहमतिमा नेतृत्व चयन गरेको हो ।
निर्वाचित कमिटी यसप्रकार छन
सन्धिखर्क
अध्यक्षमा: श्रीकृष्ण भुसाल
उपाध्यक्ष : शिव अधिकारी
सचिव : कुशल भुसाल
उपसचिव : लक्ष्मण पराजुली
उपसचिव : रिता खड्का चयन हुनु भएको छ ।
भुमिकास्थान
अध्यक्षमा: मणिराम पाैडेल
उपाध्यक्ष : चिरञ्जीवी खनाल
सचिव : टामलाल भट्टराई
उपसचिव : ज्ञानु सारू
उपसचिव : झुपलाल खनाल चयन हुनुभएको छ ।
शितगंगा
अध्यक्षमा : वसन्त श्रेष्ठ
उपाध्यक्ष : सञ्जय राना
सचिव : ऋषि घिमिरे
उपसचिव : घनु गाहा
उपसचिव : शिवकला बि.क.चयन हुनुभएको छ ।
पाणिनी
अध्यक्षमा : कमल प्रसाद घिमिरे
उपाध्यक्ष : जीवलाल घिमिरे
सचिव : गुनाखर अधिकारी
उपसचिव : सुनिता भट्टराई
उपसचिव : ओमप्रकाश पाेख्रेल चयन हुनुभएको छ ।
छत्रदेव
अध्यक्षमा: रामजी प्रसाद पाण्डे
उपाध्यक्ष : रूपा प्रधान
सचिव : तेज प्रसाद खनाल
उपसचिव : घनश्याम पाण्डे
उपसचिव : नर बहादुर आले चयन हुनुभएको छ ।
मालारानी
अध्यक्षमा: शालिकराम आचार्य
उपाध्यक्ष : विष्णु प्रसाद मिश्र
सचिव : नारायण प्रसाद अर्याल
उपसचिव : दिपा पाेख्रेल
उपसचिव : बिष्णु प्रसाद पाैडेल चयन हुनुभएको छ ।
निर्वाचित छ वटै पालिका कमिटीका सदस्यहरु लाई मंगलबार राति नै सपथ ग्रहण गराईएको नेकपा एमालेले जनाएको छ । एमालेको सबै पालिकामा सम्पन्न अधिबेशनमा कार्यकर्ताको उत्साहजनक सहभागीता रहेको थियो । कतिपय पालिकामा पार्टी नेतृत्वमा आउने ईच्छुकहरु धेरै भएपछि नेतृत्वलाई मिलाउन हम्मेहम्मे भएको थियो ।
नयाँ नेतृत्व चयन सँगै नेकपा एमाले अर्घाखाँची जिल्लामा अझ सशक्त र बलियो भएको नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले प्रतिक्रिया दिनुभयो । उहाँले सर्वसहमत नेतृत्व चयन गर्नुले पार्टीले भावनात्मक एकताको शन्देस दिएको भन्दै कमिटीमा बस्ने ईच्छा भएर पनि छुटेका पार्टीका क्षमतावान र क्रियासिल नेता तथा कार्यकर्ता लाई अन्य ठाउँमा समावेश गरिने समेत जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्