जनता टाइम्स

१० कार्तिक २०७८, बुधबार १४:२१

राजीनामा दिँदै बागमती मुख्यमन्त्री शाक्य


शिव चौलागाईं/मकवानपु । बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा विश्वासको मत लिने तयारी भइरहँदा विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिनु उचित हुने निश्कर्ष निकाल्नु भएको हो । स्रोतका अनुसार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै राजीनामा दिने मुख्यमन्त्री शाक्यको तयारी छ ।

प्रदेशसभामा रहेका १०९ जना सांसदको बहुमत संख्या ५६ जना सांसद रहेको एमालेको एकल बहुमतको सरकारको नेतृत्व गरेकी मुख्यमन्त्री शाक्य पार्टी विभाजन भई १३ जना सांसदले एकीकृत समाजवादी रोजेपछि अल्पमतमा पर्नुभएको थियो । मुख्यमन्त्री शाक्यसलाई अहिले एमालेका ४३ जना सांसदको समर्थन रहेकाले विश्वासको मत नपुग्ने ठान्दै उहाँले राजीनामा दिन लाग्नुभएको हो ।

शाक्य गत भदौ २ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री बनेको दुई महिनापछि उनहाँ पद धरापमा परेको हो । उहाँले गत २४ असोजमा प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत लिन प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावमाथि गत ४ कात्तिकको प्रदेशसभामा छलफल अघि बढ्न नसकी आजका लागि तय भएको थियो । तर आज पनि विश्वासको मत नपाउने देखेर शाक्यले राजीनामा दिन लाग्नुभएको हो ।

बागमतीमा एमालेका ४३, प्रमुख प्रतिपक्ष नेकपा माओवादीका २३, अर्को प्रतिपक्ष नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, नेपाल किसान मजदुर पार्टी ९नेमकिपा० का दुई राप्रपाका दुई २ र जनता समाजवादी पार्टी ९जसपा० को एक जना सांसद छन् ।

गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति यसअघि भइसकेको छ । पाण्डेपछि कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने सहमति बनेको हो । पाण्डेको नेतृत्वमा बन्ने सरकारमा सुरुमा चारजना मन्त्री नियुक्त गरिने गठनबन्धनको तयारी रहेको बताइएको छ । न्यूज कारखाना