काठमाडौं, कात्तिक १० । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जवराले आफ्नो इजलासबाट पाँच मुद्दामा आदेश जारी गर्नुभएको छ । प्रधानन्यायाधीश जवराले आजका लागि सर्वोच्च अदालतमा ११ इजालास तोकेकोमा आफ्नो एकल इजलासबाट यहाँले उक्त पाँच मुद्दाको आदेश जारी गर्नुभएको हो ।
राणाले एउटा मुद्दा तामेलीमा राख्ने आदेश, एउटामा निवेदन फिर्ता, दुइटामा कारण देखाउ आदेश र एउटामा कैफियत प्रतिवेदन माग्ने आदेश गर्नुभएको छ । सर्वाेच्चका अन्य न्यायाधीश भने इजलास बस्नुभएको छैन । प्रधानन्यायाधीश जवरालाई अदालतबाट लखेटने रणनीति बनाउन अन्इ सवै न्यायाधीशहरु छलफलमा जुटेका छन्।
जवराले आफूसहित दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भर श्रेष्ठ लगायत पाँच जनाको पूर्ण इजलास तोक्नुभएको थियो । तर संवैधानिक इजलास भने अरू न्यायाधीश प्रधानन्यायाधीशबारे धारणा बनाउन छलफल गर्न जुटेकाले बस्न सकेन। उहाँहरूले हिजो प्रधानन्यायाधीशको राजीनामा माग गरेका थिए।
मंगलबार न्यायाधीशहरूले प्रधानन्यायाधीश राणासँग छलफल गर्नुभएको थियो । उक्त छलफलमा जवराले आफू संवैधानिक प्रक्रियाबाट आएको र त्यही प्रक्रियाबाट जाने बताउनु भएको थियो । कसैले सडकबाट माग्दैमा आफूले राजीनामा नदिने जवराको अडान सुनेपछि न्यायाधीशहरूले थप छलफल गरेका थिए।
यसअघि मंगलबार नै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन आह्वान गरेको थियो। राणाले राजीनामा नदिए देशभरि आन्दोलन गर्ने बारले चेतावनी दिएको छ। न्यायाधीशहरूले उनलाई मार्गप्रशस्त गर्न सुझाए पनि राणाले राजीनामा नगर्ने अडान लिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्