हेटौंडा, कात्तिक १० । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । आजको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिनुभएको हो ।
गत भदौ २ गते मुख्यमन्त्री नियुक्त हुनुभएकी शाक्यले प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि राजीनामा दिनुभएको हो । विपक्षीले विरुद्धमा गठबन्धन बनाएपछि ७१ दिनमै उहाँ बाहिरिनु परेको हो । आफ्नो जीवनभर संघर्षमय यात्रामा होमिनुभएकी शाक्य आफैले जीवनभर साथ दिएका नेता माधवकुमार नेपालको कारण ७१ दिनमै मुख्यमन्त्रीबाट बिदा हुनुपरेको हो ।
माधवकै कारण सत्ताच्यूत हुनुपरेकी शाक्य र उहाँक पति अमृतकुमार बोहोराले आफ्नो राजीनित जीवनमा सधैभरी माधवलाई नै साथ दिनुभएको थियो । पार्टी बिभाजन गरी कम्युनिष्ट आन्दोलनबिरुद्ध बिद्रोह र प्रतिक्रियावादीको पक्षमा उभिने काम माधवले गरेपछि शाक्य र बोहोराले बिभाजनतिर नजाने निर्णय लिनुभएको थियो । माधवले सोही बदला आज लिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्