मोरङ, कात्तिक १० । नेकपा एमाले विराटनगर महानगरपालिकाअध्यक्षमा सागर थापा सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न बन्द सत्रबाट थापा अध्यक्षमा चयन हुनुभएको हो ।
अधिवेशनले उपाध्यक्षमा शिल्प निराला काकीए र सचिव रोहित कोइरालालाई चयन गरेको छ । यसैगरी सह–सचिव नवराज नेपाल र जयप्रकाश महतो चयन हुनुभएको छ । पदाधिकारी सर्वसम्मत चयन गरेको एमालेले वडाबाट महानगरमा निर्वाचित हुने सदस्यहरुको अन्तिम टुङ्गो लगाउने काम गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्