जनता टाइम्स

१० कार्तिक २०७८, बुधबार १९:३४

एमाले मन्थली नगरको अध्यक्षमा घिमिरे सर्वसम्मत, सचिवमा राजु कार्की निर्वाचित


काठमाडौं, कात्तिक १० । नेकपा एमाले मन्थली नगरपालिका कमिटीको अध्यक्षमा रामबाबु घिमिरे चयन हुनुभएको छ । प्रथम नगर अधिवेशनले घिमिरेलाई सर्वसम्मत रुपमा मन्थली नगर कमिटीको अध्यक्षको जिम्मेवारी दिएको हो । यसअघि उहाँ मन्थली नगरपालिका कमिटीको सचिव हुनुहुन्थ्यो । हिजोबाट सुरु भएको नगरपालिका अधिवेशनको बन्दसत्र भने आज भएको हो ।

आजको बन्दसत्रले घिमिरेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यस्तै कमिटीको सचिवमा राजु कार्की निर्वाचित हुनुभएको छ । सर्वसम्मतिमा अध्यक्ष तथा अन्य पदाधिकारी र सदस्य चयन भएपनि सचिवमा सहमति नभएपछि निर्वाचन भएको थियो । निर्वाचनमा कार्कीले सोनु रोकालाई पराजित गरेका हुन् । कार्कीले ४१ मत ल्याउँदा रोकाले २५ मत मात्रै पाउनुभएको हो । त्यस्तै ३ मत बदर भएको थियो ।