काठमाडौं, कात्तिक १० । नेकपा एमाले धुलिखेल नगरको प्रथम अधिवेशनले दयाराम महतलाई अध्यक्षमा सर्वसम्मच चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्ष निरज खड्का, सचिब बिष्णु काभ्रेली, उप–सचिबद्धय कृष्ण हरी कोइराला र चिनीमाया तामाङ लगायत पदाधिकारी सर्वसम्मत चयन हुनुभएको हो ।
त्यस्तै काभ्रेको पनौती नगरपालिकामा सुरेश हुमागाईं, पाँचखालमा विष्णुहरि पौडल, मण्डनदेउपुरमा शेरबहादुर डोटेल र बनेपामा रत्नकुश रञ्जित सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ । अन्य पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन हुनुभएको हो ।

चौरीदेउराली गाउँपालिकामा जिताराम लामा, महभारतमा जगतमान मोक्तान, भुम्लुमा कृष्णमान तामाङ र तेमालमा इन्द्रमान तामाङ सर्वसम्मत हुनुभएको हो । त्यस्तै जिल्लाको रोशी, बेथानचोक र खानीखोला गाउँपालिकामा अधिवेशन हुन सकेको छैन भने नमोबुद्ध नगरपालिकामा निर्वाचन प्रक्रिया सुरु भए पनि टुंगिएको छैन ।
प्रतिक्रिया दिनुहोस्