ताप्लेजुङ, कात्तिक ११ । नेकपा एमालेले ताप्लेजुङका नौमध्ये सात स्थानीय तहमा नेतृत्व चयन गरेको छ । मेरिङ्देन गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा अधिवेशन क्रमशः कात्तिक १२ र २७ मा हुने भएको छ ।
नेतृत्व चयन भएका सातमध्ये ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने मैवाखोला गाउँपालिकामा निर्वाचन भएको छ । अधिवेशन सुरु भएको दुई दिनपछि फुङ्लिङ नगरपालिकामा भरतकुमार गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन भएको छ । उपाध्यक्षमा ज्ञानु लावती, सचिवमा राजेश प्याकुरेल, उपसचिवमा मीना आचार्य बराल र डिल्लीप्रसाद घिमिरे चयन हुनुभएको छ ।
मैवाखोला गाउँपालिका अध्यक्षमा लालकाजी वनेम निर्वाचित भएका छन । त्यहाँ दिवस चोङ्वाङ र गणेश प्रसाईँसमेत अध्यक्षका प्रतिस्पर्धी हुनुहुन्थ्यो । उपाध्यक्षमा आसा थोप्रा, सचिवमा रुपेन्द्र वनेम, उपसचिवमा चिरिञ्जीवी चोङ्वाङ र रुपनारायण घिमिरे निर्वाचित हुनुभएको छ । मिक्वाखोला गाउँपालिकामा दिवस लिवाङ अध्यक्षमा सर्वसम्ममत चयन भएका छन् । उपाध्यक्षमा प्रताप साँवा, सचिवमा लक्ष्मी थलङ र उपसचिवमा तोम अधिकारी चयन हुनुभएको छ ।
पाथीभरा याङ्वरक गाउँपालिकामा बिक्रम मेन्याङ्वो अध्यक्ष रहेको कमिटी बनेको छ । उपाध्यक्षमा भीम साम्सोहाङ, सचिवमा लोकनाथ खतिवडा र उपससचिवमा पूर्ण तिवारी चयन हुनुभएको छ ।
यस्तै सिरिजंगा गाउँपालिकामा सन्तोष चाम्लिङ अध्यक्ष रहेको कमिटी बनेको छ । कमिटी उपाध्यक्षमा इन्द्र घतानी, सचिवमा पूर्ण डाँगी, उपसचिवमा नवीन थेबे र दीपेन्द्र लिम्बू चयन हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्