जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार ०९:४६

एमाले विराटनगर कमिटीको अध्यक्षमा थापा निर्विरोध


विराटनगर , ११ कात्तिक। नेकपा (एमाल) विराटनगर महानगर कमिटी अध्यक्षमा सागर थापा चयन हुनुभएको छ । नगर अध्यक्षका दाबेदार पर्शुराम बस्नेतले दाबी छाडेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । नगरकमिटीको उपाध्यक्षमा शिल्पा कार्की, सचिव रोहित कोइराला,सह(सचिव नवराज नेपाल र जयप्रकाश महतो पनि निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलबार विराटनगरमा प्रथम अधिवेशन भएको थियो । आकांक्षीहरू बढी भएपछि बन्दसत्र सारिएको थियो ।