जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार १६:३९

बाँकेको कोहलपुर नगरमा एमालेले छान्यो भुसाल नेतृत्वको टीम


नेपालगञ्ज, कात्तिक ११ । नेकपा एमाले कोहलपुर नगर कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रथम अधिवेशनबाट अध्यक्षमा खिल प्रसाद भुसाल सर्वसम्मत हुनुभएको छ ।

त्यस्तै उपाध्यक्ष नम प्रसाद पौडेल, सचिब माधव रिजाल, उप–सचिव सान्ति सुनार, उपसचिव गोमा खनाललगायत सबै सदस्यहरु निर्विरोध निर्वाचित हुनु भएको हो ।