काभ्रेपलाञ्चोक, कात्तिक ११ । काभेमा नकेपा एमालेको पालिका अधिवेशनले १० वटा स्थानीय तहमा एमाले हाक्ने नेतृत्व पाएको छ । तीन ओटा पालिकामा भने केही समयपछि अधिवेशन गर्ने एमाले काभ्रेले जनाएको छ ।
एमालेको पालिका अधिवेशनबाट धुलिखेल नगरपालिकामा दयाराम महत, पनौती नगरपालिका अध्यक्षमा सुरेशप्रसाद हुमागाईं, पाँचखाल नगरपालिकामा विष्णुहरि पौडेल, मण्डनदेउपुर नगरपालिकामा शेरबहादुर डोटेल, बनेपा नगरपालिकामा रत्नकुश रञ्जित, नमोबुद्ध नगरपालिकामा कृष्ण खनाल, चौरीदेउराली गाउँपालिकामा जीतराम लामा, महाभारत गाउँपालिकामा जगत मोक्तान, भुम्लु गाउँपालिकामा कृष्णमान तामाङ र तेमाल गाउँपालिकामा इन्द्रमान तामाङ अध्यक्षमा चयन हुनुभएको छ ।
जिल्लाका १३ वटा स्थानीय तहमध्ये नौवटा स्थानीय तहमा मंगलबार स्थानीय तहको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । त्यस्तै नमोबुद्ध नगरपालिकामा भने नेत्तृत्वको लागि आंकाक्षी धेरै भएपछि बुधबार निर्वाचन प्रक्रियाबाट अध्यक्ष छनौट गरिएको थियो । निवार्चनबाट कृष्ण खनाल निर्वाचित हुनुभएको छ । काभ्रेका १३ वटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहमा अधिवेशन हुन बाँकी छ ।
जिल्लाको खानीखोला गाउँपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकामा अधिवशेन हुन बाँकी रहेको र केही समयपछि अधिवेशन गरिने एमालेले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्