जनता टाइम्स

१० असार २०७६, मंगलवार १४:५३

पर्यटन पूर्वधारको लागि यी हुन सरकारले गरिरहेका काम


काठमाडौं, असार १०

अर्थमन्त्री डा.युवराज खतिवडाले पर्यटन सम्बन्धी नीति दिर्घकालिन योजनामा पर्यटन पूर्वधार भएको बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीको तर्फबाट संकृति तथा नागरिक उड्यान मन्त्रालयको विनियोजित बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिदैं उक्त कुरा बताउनु भएको हो ।

उहाँले पर्यटन पूर्वधार अन्तरगत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्न सकिने गरी सरकारले काम गरिरहेको बताउनु भयो । धावनमार्गको पुनःनिमार्ण जुन महिना भित्रै सकिने बताउनु भयो ।
त्यस्तै गौतम बुद्ध विमान स्थलमा रनवयको काम सकिएको भन्दै पुस भित्र ट्रमिनल भवन निमार्ण गरि अन्तराष्ट्रिय उडानको लागि सरकारले ध्यान दिएको उल्लेख गर्नुभयो । पोखरा विमान स्थल २ वर्षमा निमार्ण कार्य सक्नेगरि अघि बढेको बताउनु भएको छ ।

‘निजगढ विमान स्थलको हकमा लगानी सम्मेलनमा लगानी कर्ताहरुको इच्छा भएको छ । त्यसको प्रारम्भिक मुल्याङ्कन हुँदै छ । सार्वजानिक निजी साझेदारी मोडलमा निर्माण हुने गरि अगाडि बढेको छ’, उहाँले भन्नुभयो‘आन्तरिक विमानस्थलको पनि स्तराेन्नति भैरहेको छ भने कतिपयको संभाव्यता अध्ययन भैरहेको छ ।’

पर्यटन पूर्वधारको लागि पर्यटकिय क्षेत्रको प्रवद्धन र संरक्षण आवश्यक रहको बताउनु भएको छ । उहाँले काठमाडौं र पोखरा केन्द्रित पर्यटकलाई मुलुकभर कसरी लैजाने भन्ने विषयमा बजेट मार्फत सरकारले ध्यान दिएको बताउनु भएको छ । नयाँ गन्तव्यको खोजी र पुराना गन्तव्यलाई सुधार गर्दै लैजाने र त्यसमा पनि धार्मिक, साहासिक, मनोरञ्जनात्मक गन्तब्यहरुका पूर्वधारमा पनि क्रमश विकास गर्दै लैजानु पर्ने उहाँले बताउनु भयो ।

पर्यटन प्रवद्धनमा हवाई सुरक्षा पनि महत्वपूर्ण हुने भन्दै राडरको क्षमता विस्तार गर्दै जाने, हवाई दुर्घटनाको लागि कम्तिमा एक हप्ताको मौषम थाहा पाउनको लागि बजेटमा व्यवस्था गरिएको बताउनु भयो ।