जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार १८:३०

गौमुलमा कांग्रेसलाई ठुलो धक्का, सय बढी प्रभावशाली कार्यकर्ता एमाले प्रवेश


बाजुरा, कात्तिक ११ । गौमुल गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरी १ सय भन्दा बढी कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । गौमुल गाउँ कमिटीको प्रथम गाउँ अधिवेशनमा पार्टी परित्याग गरी सो संख्यामा प्रभावशाली कार्यकर्ता एमाले प्रवेश गरेका हुन । आज साविक मानकोट गाविस अध्यक्ष ज्ञान बहादुर रोकाया, वडा नं.६ का बुद्धिसिंह थापा, कर्ण चदाँरा लगायतले नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो ।

नवप्रवेशीलाई नेकपा एमाले केन्द्रीय सदस्य एवं बाजुरा ईन्जार्ज सासंद् लालबहादुर थापाले टिका, खादा र माला लगाएर स्वागत गर्नुभएको थियो । गौमुल गाउँपालिकामा पछिल्लो समय एमालेमा प्रवेश गर्नेको लहर चलिरहेको छ ।

नवप्रवेशीहरुले अहिलेसम्म नेपाली कांग्रेसले बाँढेको सपनामा अल्मलिएको भन्दै सुनौलो भविष्यका लागि एमाले नै राम्रो पार्टी रहेको बताए । जनतालाई जसरी हुन्छ निर्चोने र भ्रष्टाचार, वेथिती र विसंगतीमा रमाउने कांग्रेसी प्रवृत्तिको अन्त्यका लागि नेकपा एमाले प्रवेश गरेको नवप्रवेशी करन चदाँराले बताउनुभयो । प्रभावशाली युवालगायत दर्जनौ कार्यकर्ता एमाले प्रवेश हुनथालेपछि गौमुलमा कांग्रेसलाई ठुलो धक्का लागेको हो ।