जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार २०:१०

भीम रावलको राजीनामा स्वीकृत


काठमाडौं, काीत्तक ११ । नेकपा एमाले १० बुँदे सहमति कार्यदलका संयोजक डा भीम रावलको राजीनामा स्वीकृत भएको छ । १० बुँदे कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले उदासिनता देखाएको भन्दै असन्तुष्टि जनाउँदै अघिल्लो स्थायी कमिटी बैठकमा रावलले राजीनामा घोषणा गर्नुभएको थियो ।

अध्यक्ष ओलीलाई लिखित राजीनामा पनि दिनुभएको थियो । उक्त राजीनामा आजको स्थायी कमिटीले स्वीकृत गरेको हो । ‘भीम रावलले राजीनामा बुझाउनुभएको छ । अब कार्यदलका अरु सदस्यले काम अगाडि बढाउँछन,’ प्रवक्ता प्रदीप ज्ञवालीले भन्नुभयो ।

ज्ञवालीले कार्यदलका अन्य सदस्यबाट समस्या समाधान हुन नसकेमा स्थायी कमिटीले टेकओभर गर्ने पनि बताउनु भयो । ‘आवश्यक पर्‍यो भने स्थायी कमिटीले आवश्यक निर्णय गर्छ । कामलाई अगाडि बढाउँछ,’ उहाँले भन्नुभयो ।