काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको छ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २६) मा भाग लिन शुक्रबार बेलायत प्रस्थान गरेका देउवाले १७ कात्तिकसम्मका लागि आफ्नो अनुपस्थितिमा पार्टीका कामकारवाही अघि बढाउन निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको हो ।
देउवाले निधिलाई पत्र लेखेर आफ्नो अनुपस्थितिमा कार्यवाहक सभापति भएर विधानअनुसार काम गर्न निर्देशन दिएको केन्द्रीय कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँडलाई दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्