काठमाडौँ, १३ कार्तिक । नेकपा (एमाले)ले शनिबारसम्म सुदूरपश्चिम प्रदेशका ८ जिल्लाका ५२२ वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । ८८ स्थानीयतहमा ७३४ वडा रहेकोमा बझाङ बाहेकका ८ जिल्लाका ६४० वडामध्ये ५२२ वडामा अधिवेशन सम्पन्न भएर सर्वसम्मत नेतृत्व चयन गरिएको एमालेका केन्द्रिय सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिनुभयो ।बझाङबाहेक प्रदेशका ६ पहाडी जिल्लाका प्रायस् वडाहरूमा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ भने बाँकी रहेका वडामा पनि सर्वसम्मत रुपले अधिवेशन सम्पन्न गर्ने तयारी रहेको बताउनुभयो ।रावलले बैतडीमा ८४ मध्ये ७८ वडामा शुक्रबार सर्वसम्मत नेतृत्व चयन भएको र बाँकी रहेका ६ मध्ये चार वडामा शनिबार र दुुई वडामा आइतबार अधिवेशन हुने जानकारी दिनुभयो ।
५२ वडा रहेको डडेल्धुरामा ४६ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने बाँकी रहेका वडामा १५ गतेसम्म अधिवेशन सम्पन्न गर्ने तयारी छ । बाजुरामा सबै ६९ वडा र चार वटा पालिकाको अधिवेशन पनि सम्पन्न भइसकेको रावलले बताउनुभयो । बाँकी रहेका वडा र स्थानीयतहको अधिवेशन कात्तिक १५ गते हुनेछ ।६१ वडा रहेको दार्चुलामा ५५ वडाको अधिवेशन सम्पन्न भइसकेको छ भने अन्यमा पनि सर्वसम्मत रुपले नेतृत्व चयन गरिने एमालेले जनाएको छ ।
अछाममा ९१ मध्ये शनिबार साँझसम्म ६० वडामा निर्विरोध अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिएको रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार कात्तिक १५ गतेभित्र बाँकी रहेका सबै वडामा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय भएको छ । कैलाली र कञ्चनपुरका १५ बाहेक सबै वडामा एमालेले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।शुुक्रबार सम्पन्न वडा अधिवेशनबाट १३ वटा स्थानीय तह रहेको कैलालीका ११६ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको एमालेले जनाएको छ ।
एमाले कैलालीका अध्यक्ष रतन थापाले जिल्लामा कुल १२६ वडा रहेकोमा शुक्रबार साँझसम्म ११६ वडामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको जानकारी दिनुभयो ।शुक्रबार अबेरसम्म बन्द सत्र नसकिएका बाँकी १० वडामा शनिबार सर्वसम्मत रुपमै नेतृत्व चयन गरिने अध्यक्ष थापाले बताउनुभयो ।धनगढी उपमहानगरपालिका–१२ बाहेक अन्य १८ वडामा अधिवेशन सम्पन्न भएको नगर कमिटीका अध्यक्ष रामचन्द्र जोशीले जानकारी दिनुभयो ।
९ स्थानीयतहका ९२ वडा रहेको कञ्चनपुुरमा पाँचबाहेक सबै वडामा अधिवेशन सम्पन्न भएको छ । एमाले कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापाले दोधारा चाँदनी नगररपालिका(७, पुनर्वास नगरपालिका८ र वेदकोट नगरपालिकाका तीनवटा वडाबाहेक सबै वडामा सर्वसम्मत रुपले नयाँ नेतृत्व चयन गरिएको जानकारी दिनुभयो। बाँकी रहेका वडामा शनिबार नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न हुने उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्