जनता टाइम्स

१४ कार्तिक २०७८, आईतवार ०९:०२

आजको मौसम : आज प्रदेश १, वाग्मती र गण्डकीमा वर्षाको सम्भावना (तीन दिनको मौसम पूर्वानुमान सहित)


काठमाडौँ, १४ कार्तिक । आइतबार मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ ।

राति प्रदेश १, बागमती र गण्डकीमा वर्षाको आँकलन गरिएको छ ।सोमबार पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सोमबार राति प्रदेश १, गण्डकी र कर्णालीका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक  गते (आईतबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली  तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश  नं १, बागमती  प्रदेश  र  गण्डकी  प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: प्रदेश  नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली  रहने छ।प्रदेश  नं १, बागमती  प्रदेश  र  गण्डकी  प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक  गते (सोमबार) 

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक  गते (मंगलबार) 

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक-दुई स्थानहरुमा  हल्का वर्षाको संभावना रहेको छ  भने उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।