काठमाडौं, १५ कात्तिक । कांग्रेसले कर्णालीमा सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रलाई सरकार छाड्न आज ४ बजेसम्मको समयसीमा दिएको छ। माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले पूर्वसहमति अनुरुप आज सत्ताको नेतृत्व हस्तान्तरण गर्नुपर्ने कांग्रेसको माग छ। वर्तमान सरकारमा मन्त्रीको हिस्सेदारी बढाएर सहकार्य गर्ने पक्षमा कांग्रेस देखिएको छैन।
प्रदेश सरकारमा कांग्रेसका दुई मन्त्री छन्। कांग्रेस सांसद हिमबहादुर शाहीले भन्नुभयो , ‘आज ४ बजेसम्म माओवादीबाट के जवाफ आउँछ कुर्छौं। मुख्यमन्त्रीले राजीनामा नदिए पार्टीभित्र छलफल गरेर निर्णय लिन्छौं।’ मुख्यमन्त्री शाहीले आज राजीनामा नदिए कांग्रेसको भोलि मंगलबार बिहान बैठक बसेर निर्णय गर्ने कांग्रेस सांसद शाहीले जानकारी दिनुभयो ।
‘अहिलेसम्म माओवादीले एस र नो केही भनेको छैन’, कांग्रेस सांसद शाहीले भन्नुभयो , ‘माओवादीले इमान्दारिता देखाएन भने सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं।’













प्रतिक्रिया दिनुहोस्