जनता टाइम्स

१५ कार्तिक २०७८, सोमबार १४:४२

नवलपरासीमा काँग्रेसका वडा सदस्य एमालेमा प्रवेश


काठमाडौँ, १५ कात्तिक । नवलपरासीमा नेपाली काँग्रेसबाट वडा सदस्य विजयी नेकपा एमालेमा प्रवेश गर्नुभको छ । पश्चिम नवलपरासी रामग्राम नगरपािलका २ का वडा सदस्य सन्तोष खनाल काँग्रेस छोडेर एमाले प्रवेश गर्नुभएको हो । खनाल परासीमा आयोजित एमाले भातृ संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको जिल्ला भेलाका अवसरमा एमाले प्रवेश गरेको नवलपरासी एमाले पार्टीले जनाएको छ । उहाँलाई एमाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री वैजनाथ चौधरी लगायतले स्वागत गर्नुभएको थियो ।