जनता टाइम्स

१५ कार्तिक २०७८, सोमबार १७:२४

प्रचण्डलाई ओलीको चुनौती : अव फेरि मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ


चितवन, कात्तिक १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूलो पार्टी बनाउन नभएर देश बनाउनका लागि एमालेलाई बहुमत चाहिएको बताउनु भएको छ ।

एमाले भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले अरु पार्टीका नेतालाइृ आफू र परिवार बनाउने चिन्ता रहेको भन्दै एमलोलाई भने देश बनाउनकै लागि बहुमत चाहिएको बताउनु भयो ।

‘एमालेलाई ठूलो पार्टी बनाउन होइन, देश बनाउन बर्चस्व चाहिएको हो, देश बनाउन बहुमत चाहिएको हो,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले देश बनाउने पार्टी नेकपा एमाले मात्र रहेको भन्दै अन्यदलसँग कुनै भिजन नरहेको बताउनु भयो । ओलीले भन्नुभयो, ‘देश बनाउने नीति एमालेसँग मात्रै छ, कांग्रेसले देश बनाउने कुरा गरेको कहिल्यै सुन्नु भएको छ ? उहाँले एमालेबाट चोइटिएको पार्टीले एकीकृत समाजवादी नाम राखेको बताउँदै उहाँले सो दल दक्षिणपन्थीको सेवर रहेको बताउनु भयो ।

माधव नेपाल नेतृत्वको पार्टीलाई ओलीले भन्नुभयो, ‘दक्षिणपन्थी नेतृत्वमा समाजवादी ।’ अध्यक्ष ओलीले झुक्किएर प्रचण्डका लागि दुई दुई पटक भोट माग्न आएको भन्दै अव त्यस्तो गल्ती नगर्ने बताउनु भयो । ‘झुक्किएर प्रचण्डका लागि दुई–दुई पटक भोट माग्न आएँ, अब गल्ती गरिन्नँ, अव फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ,’ ओलीले भन्नुभयो ।