चितवन, कार्तिक १५ । चितवनका वरिष्ठ पत्रकार बिरेन्द्रमणी पौडेल एमालेमा प्रवेश गर्नुभएको छ । चितवनको भरतपुर स्थाई घर भै चितवनलाई पत्रकारिताको मुलथलो बनाई काम गर्दै आउनु भएका वरिष्ठ पत्रकार पौडेल आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको हो ।
नेकपा एमाले भरतपुर महानगर कमिटीको भरतपुरमा आयोजित प्रथम अधिवेशन उद्घाटनको अबसरमा पौडेल एमालेमा प्रवेश गर्नु भएको हो । उहाँलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खादा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्