काठमाडौं, १६ कात्तिक । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा विश्वका शीर्ष नेताहरुले सन् २०३० सम्ममा वन विनाश रोक्ने प्रतिबद्धता जनाउँदै छन् ।स्कट्ल्याण्डको ग्लास्गोमा चलिरहेको सम्मेलनमा सहभागी देशका प्रमुखले आज सन् २०३० सम्ममा वन विनाश नियन्त्रण सम्बन्धी सहमति गर्ने भएका हुन् ।
विश्वको वन क्षेत्रको ८५ प्रतिशत भन्दा बढी क्षेत्र ओगट्ने एक सय भन्दा बढी देशले वन विनाश नियन्त्रण सम्बन्धी सहमतिमा हस्ताक्षर गर्ने तयारी गरेका हुन् ।
वन विनाश रोक्नेबारेको सहमतिलाई कोप–२६ सम्मेलनमा हुने पहिलो प्रमुख सहमतिका रुपमा हेरिएको बीबीसीले जनाएको छ । सम्झौतामा वन संरक्षण तथा पुनस्र्थापनाका लागि थप वित्त लगानीको वाचा समेत गरिनेछ । यसअघि हिजो सम्मेलनमा सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिन विश्वका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्