चितवन, कात्तिक १६ । एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनलाई कुरुक्षेत्र नभइ धार्मिक क्षेत्र बनाउने बताएका छन् । चितवनको माडीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनुभएका चितवन कुरुक्षेत्र हुनेवाला छ भन्ने अभिब्यक्तिको जवाफ फर्काउँदै एमाले अध्यक्ष ओलीले चितवनलाई किन कुरुक्षेत्र बनाउनु पर्यो ? भन्दै प्रश्न पनि गर्नुभयो ।
केही दिनअघि प्रचण्डले चितवन आगामी चुनावमा कुरुक्षेत्र बन्ने भविश्यवाणी गर्नुभएको थियो । प्रचण्डकै निर्वाचन क्षेत्र माडीबाट जवाफ फर्काउँदै एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘कुरुक्षेत्र किन बनाउने ? प्रचण्डले पहिलेकै बैस सम्झेर कुरुक्षेत्र बनाउने भनेका होलान । अब कुरुक्षेत्र होइन, यहाँ धर्मक्षेत्र हुन्छ । विकास, शान्ति र एकताको क्षेत्र हुन्छ ।’
एमाले अध्यक्ष ओलीले अव मुलुकमा युद्ध चाहने तत्व हार्ने ठोकुवा पनि गर्नुभयो । ‘कुरुक्षेत्रै बनाउन खोजेको हो भने म भन्न चाहन्छु, कौरवहरूले जितेका थिएनन्, पाण्डवहरूले जितेका थिए । जसले युद्ध खोज्छ, उसले हार्छ,’ ओलीले भन्नुभयो । ओलीले भगवान रामको जन्मभूमि माडीको अयोध्यापुरी नै रहेको भनाई पनि पुनः दोहोर्याउनु भयो ।
उहा प्रधानमन्त्री रहेकै बेला गत वर्षको भानुभक्त जयन्तीका दिन माडीकै अयोध्यापुरीमा राम जन्मिएको अभिव्यक्ति दिनुभएको थियो । रामको वास्तविक जन्मभूमि माडीको अयोध्यापुरी नै भएको भन्दै ओलीले भारतमा भएको अयोध्यापुरीको वास्तविक नाम फैजावाद भएको बताउनु भयो । माडी नै राम जन्मभूमी भएको भनेर पुष्टि हुने वाल्मीकि आश्रम, देवघाट र त्रिवेणी रहेको दलील गर्दै उहाँले आफूले अध्ययन गरेर नै यहाँको बारेमा बताएको जिकिर गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्