जनता टाइम्स

१६ कार्तिक २०७८, मंगलवार २१:४६

माओवादीका जिल्ला कमिटी सदस्यसहित २४ जना नेता एमालेमा प्रवेश


खोटाङ , १६ कार्तिक । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्यसहित हलेसी तुवाचुङका सवै नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य एवम् हलेसी तुवाचुङ नगरपालिकाका सचीव कुमार बुढाथोकीको नेतृत्वमा सो नगरपालिकामा रहेका २४ जना माओवादी नेता कार्यकर्ता आज (मंगलबार) एमालेमा प्रवेश गरेका हुन् । समृद्ध नेपाल सुखी नेपालीको अवधारणासहित अघि बढेको नेकपाको निरन्तरता नेकपा एमाले नै रहेको भन्दै २४ जना नेताहरुले विज्ञप्ती जारी गरी एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् । विज्ञप्तीमा जनताको बहुदलीय जनवादलाई आत्मसाथ गर्दै आफूहरु एमालेमा समाहित भएको उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ । उहाँहरुले एमालेले मात्रै मुलुकको हित गर्ने कुरा थापित भइसकेकोले नेकपा माओवादीमा बसेर आफ्नो र मुलुकको भविष्य वर्वाद बनाउने गल्ती नगर्न सबैलाई अपिलसमेत गरिएको छ ।